२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर
उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा बासगढि नगरपालिका लाई हराउदा धनगढी उप-महानगरपालिका नकाउट चरणमा पहिलो जित दर्ता गरेको छ।
मंगलबार धनगढी उप-महानगरपालिका र बासगढि नगरपालिका बर्दिया बिच भएको खेलमा धनगढीले १२-१ गोलको अन्तरले बासगढी लाई हराउँदै प्रतियोगिताको रोमाञ्चक जितका साथ आफ्नो दोस्रो नकाउट चरण संगै सेमिफाइनलको यात्रा पक्का गरेको कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवम् मनकामना युवा क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन्। उनका अनसार रोमाञ्चक जितमा चन्द्रा भण्डारी ५, रेखा पौडेलउ ४ ,सुरक्षा कुमारी सिंह ,बिर्सना चौधरी र सरस्वती रोकायाले टिमको लागि समान एक-एक गरेकी हुन।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लयर अफ दी म्याच धनगढी उप-महानगरपालिका महिला टिमकी जर्सी नम्बर १० कि चन्द्रा भण्डारी घोषित भईन । उनले गोल्डेन बुट हात परेकी छन् । सेमिफाइनलको खेल धनगढी उप-महानगरपालिका आफ्नो सेमिफाइनलको खेल कार्तिक २६ गते भोलि १२ बजे एन्फा कम्प्लेक्सको खेलमैदानमा गौरीगंगा नगरपालिका र रुम गाउँपालिका बिच भएको खेलमा बिजेता टिमको समान गर्ने छ।
धनगढी उपमहानगरपालिका महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् । भने महिला फुटबल टिमको प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा
सुरज तामाङ्ग रहेका छन् ।
देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी