२०८१ मंसिर ६, बिहिबार
टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै
जापानमा भइरहेको टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि उनी हिट चरणबाटै बाहिरिएका छन्। त्यस्तै आज टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन्। गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन्। गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन । यसअघि सन्२०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन्। त्यस्तै हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्। सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वणर् विजेता पनि हुन्। पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वणर् पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी