२०८१ मंसिर ८, शनिबार
डडेल्धुरा:
पर्यटन संस्कृती तथा नागरिक उडड्यन मन्त्रि प्रेम आलेले डडेल्धुरामा विमानस्थल आफनै पालामा निर्माण गरिने बताएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीको कार्यकर्ता भेलालाई बुधबार डडेल्धुरामा सम्बोधन गर्दै मन्त्रि आलेले डडेल्धुरामा विमानस्थल निर्माणका लागी सर्वे टोली आएको जनाउदैे ईआईए भए लगत्तै ठेक्का लगाईने बताएका छन् । ईआईए नगरिँदा सम्म कुनैपनि निर्माण तथा विकासको कार्य गर्न नसकिने भन्दै आफुले विमानस्थल निर्माण गर्ने प्राविधिक टोलीललाई ३ देखी ४ महिना भित्रै ईआईए सकेर विमानस्थलको कामलाई अगाढी बढाउन निर्देशन दिएको बताए । ईआईएमा करिब २५ लाख रकम आवश्यक पर्ने भएकाले बजेटको व्यवस्था आफुले गर्ने र ईआईए भए लगत्तै निर्माणका लागी ठेक्का लगाउने ििकर गरे । अध्ययन गर्न प्राबिधिकको टोली डडेल्धुरा पुगेको र बिहिबार सम्म अध्ययन सक्ने उनले बताए । अजयमेरु गाउँपालिका–१ समैजीको पुईलेकमा अध्ययन थालिएको विमान स्थलको धावन मार्ग १२ सय मिटर सम्मको हुने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी