२०८१ मंसिर ९, आईतबार
म्हेन्द्रनगर:
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी आली गुटको पत्ता साफ हुने बताएका छन् । बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले अबको चुनावमा पाँच पार्टीको गठबन्धनले ओली गुटको पत्तासाफ हुने जिकिर गरे । ‘आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने छ ।’ उनले भने, ‘अहिले पाँच दलको गठबन्धन छ आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं ।’ त्यो पाँचै दलबीच सहमति भइसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ ।’ ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेकाका छन् । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले बताए । भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रह समेत गरे । यसका साथै अध्यक्ष नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि टिप्पणी गरेका छन् । उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भएपनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे । एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् । ‘सूर्य चिन्ह ल्याउने मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’ ५ सय बढी नेता कार्यकर्ताले एकिकृत समाजवादी रोजे डडेल्धुरामा नेकपा एमालेका एक शिर्ष नेता गाँउपालिका अध्यक्ष , वडा अध्यक्ष, वडा सदस्य सहित ठूलो संख्यामा एमाले कार्यकर्ताको समुह नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएका छन् । नेकपा एमाले डडेल्धुराका तत्कालिन अध्यक्ष डा. तारा जोशीको नेतृत्व मा एमालेकै एउटा ठूलो समुह लगभग ५ सय जना एकिकृत समाजवादीमा प्रवेश गरेको हो । एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष डा.तारा जोशीको सिंगो टीमले नै समाजवादीमा प्रवेश गरेको हो । केपी ओलीको निरङकुश प्रबृत्ती यातना दिने बानी व्यवहार आफुले पहिले नै थाहा पाएको र आफु मात्रै नभएर सिंगो राज्य नै यातनाबाट प्रताडित भएको सन्र्दभमा अब डडेल्धुरामा मात्रै नभएर पुरै देशमा नेकपा एमालेलाई ठुलो झडका पक्कै लाग्ने उनले बताए ।“डडेल्धुरामा पार्टीको लागि त्याग तपस्या आफनो सवैस्व सुम्पिने योद्धा कार्यकर्ताहरुलाई पछि पारेर अन्य पार्टीबाट प्रबेस गरेका हरुलाई नेतृत्व समाल्ने दिने , आफुलाई पनि एमाले पार्टीबाटै निकाल्ने षडयन्त्र गरियो, त्यँहा बस्ने वातावरण दिईएन” उनले भने, त्यसैले निरङकुशताको विरुद्ध बेतिथीको विरुद्धमा लोकतान्त्रिक आवाजहरुको उठनु पर्ने देखिएकाले पाटी त्यागेर एकिकृत समाजवादी मा आएको हो ।” २०६९ सालमा आफनो कमिटी लाई बन्धक बनाउने सामानान्तर कमिटी गठन गर्ने ,केपी ओलीको प्रवृत्ती आफुले देखेको र देशको संबिधान देशको रक्षाको लागि आफुहरु लागेको र अदालतले पार्टीलाई माववादीबाट अलग गरि सकेपछि पनि कार्यकर्ताहरुले स्वतन्त्रता खोजि रहेका थिए । तर ओलीले लोकतान्त्रिक आवाजलाई दवाउन खोज्ने आफु हाबी हुन खोज्ने पिडा दिने खालको प्रबृत्ती का विरुद्ध एकिकृत समाजवादीलाई रोजेको डा. जोशीले बताए । उनले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारी सहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरे । १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए । सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन भएको बताइएको छ । डा.जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए। केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका डा जोशीको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी