२०८१ मंसिर ६, बिहिबार
कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका सहायक नदीहरुको बहाव भने सामान्य घटबढ हुन सक्ने छ । महाशाखाले बुधबार बिहान सात बजे जारी गरेको आगामी २४ घण्टाको बाढी पूर्वानुमान बुलेटिनमा उक्त कुरा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ । त्यसैले बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार प्रदेश १ को ताप्लेजुङ र संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा र महोत्तरी, लुम्बिनी प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा बाढीको मध्यम जोखिम छ । यसैगरी गण्डकी प्रदेशको लम्जुङ, बाग्लुङ र पर्वत, लुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी र डडेलधुरा पनि आगामी २४ घण्टासम्म बाढीको मध्यम जोखिममा रहेको पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी जिल्लाहरुमा सतर्कता अपनाउन महाशाखाले सरोकारवाहरुलाई अनुरोध गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी