२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
प्रहरीले कुटपिट गरी अङ्गभङ्ग मुद्धाका फरार कसुरदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का सन्दीप शाह रहेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०७१ चैत २२ गते १ वर्ष ११ महिना ५ दिन कैद र १० हजार जरिबानाको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ पश्चात शाहलाई अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर सिंहले बताए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी