२०८१ मंसिर ७, शुक्रबार
भीमदत्त नगर शिक्षा समितिले दरबन्दी मिलानका नाममा नीति विधि बिपरीत व्यक्ति छानी छानी व्यक्ती मिलान गरेको भन्दै नेपाल शिक्षक संघले आन्दोलन थालेको छ | भीमदत्त नगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलानमा मनपरी गरेको भन्दै संघले गत साउन ३ गतेदेखी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरि बिहान १० बजेदेखी दिउँसो १ बजे सम्म दैनिक धर्ना दिदै आएको छ | नेपाल सरकारद्वारा जारी शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यबिधी २०७६ लाई मिच्दै नगरपालिका द्वारा नै गठित दरबन्दी मिलान कार्यदलले दिएको सुझाव एवम प्रतिवेदन बिपरीत व्यक्ती छानी छानी शिक्षक सरुवा गरेको शिक्षक संघको दावी छ | नेपाल शिक्षक संघ कन्चनपुरका सचिब नवीन धामीका अनुसार दरबन्दी मिलानको मर्म एवम उद्देश्य बिपरीत व्यक्ती मिलान गरिएको छ | बिषयगत मिलान भएको छैन | कुनै विद्यालयबाट सबैलाई सारेर फेरि त्यही विद्यालयमा अन्यत्रबाट शिक्षक ल्याएइका छन् | यो मिलानले थुप्रै विद्यालयहरुमा सुबिधा हुनु पर्नेमा थप असुबिधा सिर्जना गरेको छ | चल्नु पर्ने शिक्षकलाई चलाइएको छैन चल्नै नपर्नेहरुलाई अनावश्यक चलाएर अन्याय गरिएको छ | नेपाल शिक्षक संघले नीति विधि अनुरुप निर्धारित मापदण्डका आधारमा मिलान हुनु पर्ने र पुर्वाग्रही ढंगले व्यक्ती मिलाउन विद्यालयको हित बिपरीत गरिएका सरुवाहरु खारेज गर्न माग गरेको छ ! व्यक्ती मिलाउन अनावश्यक सरुवा गरिदा धेरै विद्यालयहरुमा विगतको भन्दा थप बिषय शिक्षकको अभाव सिर्जना गरिएको छ | विद्यालयहरुको हित बिपरीत गरिएका सरुवाहरु खारेज गर्न विभिन्न विव्यस तथा सरोकारवालाहरुले समेत नगरपालिकालाई ध्यानाकर्षण गराएका छन | आश्चर्य त के छ भने भीमदत्त नगर शिक्षा समितिको २०७८ असार ३१ गतेको निर्णय जसले सयौं शिक्षकहरुलाई सरुवा गरेको छ अहिले सम्म त्यो निर्णय सार्वजनिक गरिएको छैन | भीमदत्त नगर शिक्षा समितिले शिक्षक संघको शान्तिपूर्ण धर्ना र आन्दोलनबाट न्यायिक माग सम्बोधन नगरिए आन्दोलन थप सशक्त गरिने र कानुनी उपचारको लागि अदालत जाने नेपाल शिक्षक संघले जनाएको छ|
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी