२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुर क्षेत्र नं. २ का प्रभावशाली नेता नरबहादुर धामीले उम्मेदवारी दिएका छन् । २०५२ सालमा एमालेको क्रियाशिल सदस्यता लिएका धामी क्षेत्र नं. २ का संघीय सांसदसमेत हुन । उनले अहिले क्षेत्र २ बाटै एमाले महाधिवेशन प्रतिनिधिका लागि दाबी पेश गरेका छन् । विद्याथी जीवनबाट राजनीतिमा प्रवेश गरेका धामी कुनैबेला मट्टीतेल आन्दोलनका अगुवा पनि थिए । जनज्योती गोली काण्डमा धामी घाइते भएका थिए । खरो बोल्ने स्वभावका नेता धामीले सिद्धनाथ बहुमुखी क्याम्पसको सभापति, एमालेको महाकाली अञ्चल कमिटी सदस्य, अनेरास्ववियुको केन्द्रिय कोषाध्यक्ष र महासचिव भएर नेतृत्व गरिसकेका छन् । २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य भएका नेता धामी विकासबादी नेताका रुपमा पनि चिनिन्छन् । उनले निर्वाचन क्षेत्र २ मा बहुप्राविधिक शिक्षालय स्थापनादेखि अन्य विकास निर्माणमा योगदान गरेको स्थानीय बताउछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी