२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
दार्चुलाको व्यास गाउँपालिका १ छाङरु र तिंकर गाउँमा जनगणनाको लागि भारतले आफनो भुमीबाट जानको लागि अनुमती दिएको छैन् । विहिबारदेखी देशभर जनगणना सुरु भएपनि अतिक्रमित नेपाली भूमि कालापानी नजिकको क्षेत्र छाङरु र तिंकर गाउँमा आईबारसम्म जनगणना सुरु भएको छैन् । जनगणनाका लागि गणक पठाउन समस्या भएकाले जनगणना गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । ब्याँस क्षेत्र जाँदा भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतले अनुमति नदिदाँ गणकलाई फिल्डमा पठाउन सकिएको छैन, जनगणना अधिकृत पदमराज पाण्डेले बताए । भारतको छियालेक भन्दा माथिल्लो क्षेत्र नोटिफाइड एरिया घोषित गरिएकाले उक्त क्षेत्रमा यात्रा गर्दा अनिवार्य पास (अनुमति) माग्ने गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपाल सरकारको प्रशासनिक अधिकार कायम भएपनि गाउँसम्म जाने बाटो नहुदा जनगणना गर्न समस्या भएको बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी