२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सबै भन्दाबढी भारतबाट आउने कामदारहरुलाई परेको छ ।
भारतको अहमदाबादमा काम गर्ने बाजुराका बिरेन्द्र उपाध्याय बिहानै गडडाचौकीमा पुगेको र अब कसरी घर सम्म पुग्ने भनेर चिन्ता भएको बताए । “भारतबाट आउँदा सम्म बन्दको केही जानकारी पाईएन यता, आउँदा समस्यामा परे अब कसरी जाने घर सम्म ।” उनले भने, “होटेलमा बस्नको लागि पनि पैसा छैन् सारै समस्या भयो।
लामो दुरीका सवारी साधनहरु लगायत अहिले पूर्णरुपमा बन्द रहेका छन् । बाटोमा रहेका सवारी साधनहरलाई स्कटिङ गरेर लैजाने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महेन्द्रनगर बजारमा पसलहरु नखुले पनि साना सवारी साधनहरु अटो मोटरसाईकलहरु संचालनमा रहेका छन् । बजारका चोकहरु सुरक्षकर्मीहरुको बाक्लो उपश्थिती रहेको छ मदन चोक पुष्पलाल चोक बसपार्क लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् ।
मंगलबार बिहानैदेखि यातायात, शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना लगायतका अति आवश्यकीय सेवा बाहेक अन्य सबै बन्द भएका छन् । बन्दको अवाज्ञा गरिए त्यसबाट उत्पन्न हुने क्षतिको स्वयमले जिम्मा लिनुपर्ने नेकपा विप्लवले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी