२०८१ मंसिर ६, बिहिबार
सरकार परिवर्तन भएसँगै महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) माओवादी केन्द्रमै फर्किएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसंगै ओली निकट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी माओवादी केन्द्रमै फर्किएका हुन ।
उनी ओलीले विस्तार गरेको नेकपा एमालेको पार्टी कमिटिमा केन्द्रीय सदस्य रहेका थिए । पुस ५ मा पहिलो पटक केपी शर्मा ओलीले संसद विघटन गर्दा जोशी तत्कालीन नेकपाको ओली समूहमा उभिएका थिए ।
पछि सर्वोच्च अदालतले नेकपाको एकिकरण बदर गर्दै माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएको थियो । तर माओवादी केन्द्रका नेता राम बहादुर थापा (बादल) संगै धेरै नेता नेकपा एमालेमै सामेल भएका थिए ।
माओवादी केन्द्र सुदूरपश्चिमका तत्कालीन इन्चार्ज लेखराज भट्ट नजिक मानिने जोशी पनि एमालेको ओली कित्तामै रहेका थिए । यद्यपी अहिले आफू मूल घरमै फर्किएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताएका छन् । ‘केन्द्रीय सदस्य बने पनि मैलेँ त्यसको सपथ लिएको थिएन । आफ्नो कामै व्यस्त थिए ।’ उनले भने, ‘अहिले म माओवादी केन्द्रमै छुँ ।’ संघीय राजधानी काठमाडौँमा अध्यक्ष जोशीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एमाले (माधव समूह), जनता समाजवादी पार्टीको गठबन्धनको सरकार बनेसंगै उनको दौडधुप चलेको हो ।
बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेताहरु कृष्ण बहादुर महरा, वर्षमान पुन लगायतसंग भेटघाट गरेका छन् । महाकाली अस्पतालको विकाससंगै राजनीतिक विषयमा छलफल भएको थियो ।
महाकाली अस्पतालमा डाइलोसिस सेवा सुरु गर्न तालिम प्राप्त जनशक्ति उपलब्धका लागि पहल गरिदिन माग गरिएको अध्यक्ष जोशीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी