२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाको ६४ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । मंगलबार नगरपालिकाको ६४ औँ कार्यपालिका बैठक सम्पन्न भएको हो । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गर्नुका साथै महत्वपुर्ण निर्णय गरेको नगर प्रवत्ता हिमाल चन्दले जानकारी दिनुभयो उहाँका अनुसार नगरपालिकाले नगद सहायता कार्यविधि र सार्वजनिक सुनवाई सम्बन्धि कार्य विधि पारित गरेको हो । नगरपालिकाले विभिन्न क्षेत्रलाई प्रदान गर्ने सहायतलाई व्यवस्थित बनाउन कार्यविधि ल्याईएको हो । कार्य विधिपछि ऋण सहयता, आपतकालीन विपद्मा कोष परिचालनसँगै सार्वजनिक खर्चको पारिदर्शिता र जवाफदेहिता बढाउने प्रवत्ता चन्दको भनाई छ ।
त्यस्तै पालिकामा हुने सार्वजनिक सुनवाईलाई व्यवस्थित बनाउने कार्यविधि पारित गरेको छ । जसमा कार्यक्रम सञ्चालन विधि, आचारसंहिता, प्रतिवेदन ढाँचा र जवाफदेहिताका विषयहरु समेटिएका छन् । विज्ञ शिक्षक समुह गठजन नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले विज्ञ शिक्षक समुह समेत गठन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले प्रस्ताव गरेका पाँच जनालाई कार्यपालिकाले विज्ञ शिक्षक समुहको सदस्यमा मनोनित गरेको नगर प्रवत्ता चन्दले बताउनु भयो । समुहमा चार जना शिक्षकलाई विभिन्न विषय विज्ञका रुपमा चयन गरको छ । जसमा सरस्वती मावि उल्टाखामका नवराज पन्त, निङ्गलाशैनी मावि गोबरियाका भवानी चन्द, बैजनाथ मावि महेन्द्रनगरका हरिराज विष्ट र महेन्द्र मावि(साधारण)का शिक्षक उमाकान्त भट्टलाई विषय विज्ञ शिक्षकको रुपमा मनोनित गरेको छ । समुहले स्थानीय पाठ्यक्रम विकासलगायत विद्यालयको शैक्षिक स्तर सुधारको लागि आवश्यक सुझाव सल्लाह दिनेछ ।
सडक मर्मत संभार र प्रकोपमा बजेट थप नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले मर्मत संभार र प्रकोप व्यवस्थापनका लागि बजेट थप गर्ने निणर्य पनि गरेको छ । नगरपालिकाले आपतकालिन प्रकोपको लागि १० लाख रुपयाँ विनियोजन गरेकोमा त्यसमा बजेट थप गर्ने निर्णय भएको हो । । नगर प्रवत्ता चन्दका अनुसार कार्तिक पहिलो साता आएको बेमौसमी बाढी र डुबानका कारण भएको क्षती न्युनिकरणका लागि बजेट थप गर्ने निर्णय भएको हो । ‘बेमौसमी वर्षाले ठुलो क्षति पु¥याएको छ, बाढीले कतिपय बाटोहरु भत्काएको छ ।’ प्रवत्ता चन्दले भन्नु भयो ‘ती सडक मर्मत संभार र अन्य प्रकोप व्यवस्थापनका लागि आवश्यक बजेट थप गर्ने निर्णय गरिएको हो ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी