२०८१ पौष ११, बिहिबार
काठमाडौँ:
आज ( शुक्रवार) मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ । एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ । सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी