२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । डोटीको दिपायल सिलगढी नगरपालिका ६ का हरिओम सिजापति र पुस्पा सिजापतीको छोरी वर्ष ३ कि प्रनिसा सिजापती बल्ड क्यान्सरका कारण आर्थिक अभावमा उपचार गर्न समस्या भएको छ ।
उनको आर्थिक अवस्था निकै कमजोर भएका कारण ३ वर्षिय नाबालक सिजापतिको उपचारका लागि निकै समस्या भएको समाजिक अभियान्ता सकुन्तला सोबले बताईन् ।
बल्ड क्यान्सर पिडित नाबालक सिजापतीको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौमा उपचार भई रहेको छ । अस्पतालमा एक साता देखि किमो भै रहेको छ । किमो निकै महंगो भएका कारण उनको उपचार गर्न समस्या भएको बुवा हरिओम सिजापतिले बताए ।
उनको घरको अवस्था कमजोर भएका कारण बल्ड क्यन्सर पिडित अभोद नाबालिका सिजापतीको उपचार गर्नमा समस्य आएको उनी आमा पुस्पा सिजापतिले दुखेसो गरेकि छन् । उनले आँखा भरि आँसु झार्दै भन्ने आफुसंग भएको पैशा सकि सक्यो अब पैशा नभयर छीरीलाई अस्पतालले किमो राखि दिदैनन । अब कुनै मनकारी भावना भएका मानिसले सक्दो सहयोग गरि मृत्युको दोसाँधमा छट्पटी रहेकी छोरी बच्चाई दिन आग्रह गरेकी छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी