२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कैलालीको टीकापुर नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एक कार्यक्रमबिच शनिवार टीकापुरलाई साक्षर नगरपालिका घोषणा गरेका हुन् । नगरप्रमुख तपेन्द्रबहादुर रावलले सरकारले तोकेको मापदण्ड अनुसार साक्षर नगर घोषणा गरिएको र बाँकी निरक्षर र विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा भर्ना गरिने बताए । १३ वटा पालिका रहेको कैलालीमा टीकापुर तेस्रो साक्षर नगरपालिका भएको छ । जोशीपुर र जानकी गाउँपालिका यसअघि नै साक्षर घोषणा भैसकेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी