२०८१ मंसिर ६, बिहिबार
मोरङ:
रंगेली नगरपालिका(१ बिशाल बजार चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बेलबारी नगरपालिका(३ बस्ने २४ वर्षीय बुद्धराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । को।१ ह ४८०२ नम्बरको टेम्पोलाई ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखी ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा सहित फेला पारी टेम्पो चालक राईलाई पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका(५ स्थित माइती घरमा बस्दै आएकी सोही उपमहानगरपालिका(६ घर भएकी ३८ वर्षीया शुशिला श्रेष्ठ र उनकै छोरा १९ वर्षीय रोहन श्रेष्ठलाई १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ थान झिलझिले कागज, नगद ४३ हजार २ सय ७५ रुपैयाँ र ६ थान मोबाइल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिक्रीका लागि पुरिया बनाइरहेको अवस्थामा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(५ बसपार्कबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय धिरज बुढाथोकी र बबई गाउँपालिका(४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका(११ बसपार्कस्थित ताप्लेजुङ् होटलबाट करिब ६ ग्राम ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही होटलकी संचालिका ताप्लेजुङ श्रृजंगा गाउँपालिका(३ बस्ने २० वर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका(६ बस्ने २८ वर्षीय मनिष राई रहेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त होटल जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका(११ बसपार्कबाट ३ ग्राम ३ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड नगरपालिका(५ बस्ने २४ वर्षीय अभिषेक राजबंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ज।८ प ८१३२ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक राजबंशीलाई पक्राउ गरेको हो ।
सिरहा, नरहा गाउँपालिका(३ स्थित डण्डाटोल जाने बाटोबाट ४ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, २ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय ईन्दल कुमार यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरा रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चुरोटको बट्टामा राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, सैनामैना नगरपालिका(७ हरनैयाबाट ८ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर थापा, ३३ वर्षीय मनोज थापा र देवदह गाउँपालिका(५ बस्ने २३ वर्षीय सागर सिंह थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी