२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
बैतडी जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । जन्ती बोकेको जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएको हो । जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश सुचना अधिकारी प्रहरी उपरिक्षक एसपी वामदेव गौतमले बताएका छन् । दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाइ पनि उपचारका लागि धनगढी रेफर गरिएको छ । जीप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ । जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी