२०८१ मंसिर ९, आईतबार
कैलाली:
सुदूरपश्चिम प्रदेशमा पनि १२ बर्षदेखि १८ बर्षसम्मका दिर्घरोगी बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन थालिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले उक्त लक्षित उमेर समुहलाई खोप लगाउन सुदूरपश्चिममा कैलाली र डडेल्धुरामा खोप केन्द्र तोकिएको बताए । “अरु जिल्लाबाट पनि त्यहाँ गएर खोप लगाउन सकिने व्यवस्था रहेको छ”, उनले भने, “यहाँ बालबालिकालाई लक्षित गरी पठाएको खोप पहिलो चरणमा दीर्घरोगीलाई प्राथमिकतामा राखिएको छ ।” स्वास्थ्य सेवा विभागले डडेल्धुरा अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई उक्त खोप हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी