२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । दार्चुृलामा एम्बुलेन्सले बिरामी साटो मदिरा बोकेको पाईएपछि नेपाल कम्युनिस्ट पार्टी विप्लवले नियन्त्रणमा लिएको छ । दार्चुलाको लेकम गाउँपालीकाले खरिद गरेको एम्बुलेन्समा स्थानीय बाट निकै गुनासो आउन थालेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लवले राति चेकजाँच गरेको विप्लव दार्चुला नेता भरत मल्लले बताए ।
स्थानीय बाट गाउँपालीकाको एम्बुलेन्सले जाँड रक्सी लगाएत भाडा तिरेर यात्रु ओसारपसार गर्ने गरेको जनगुनासो आउन आएपछि मंगलवार रातीे चेक जाँचको क्रममा लेकम गाउँपालीकाको गाडी छड्के चेक गर्दा बिवाहको सामाग्री सहित लिएर जादै गरेको अवस्थामा फेलापारेको उनले बताए ।
बिरामी बोक्ने एम्बुलेन्स कतै रक्सी बोक्न प्रयोग गरियो त कतै भाडामा यात्रु बोक्न प्रयोग गरिएको भन्दै नियन्त्रणमा लिएर कडा कार्वाही गरिने बताएका छन् । अहिले सु प प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी