२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । माधवकुमार नेपाल नेतृत्वमा हालै स्थापित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले डोटीका ९ वटै पालिका स्तरीय भेला आयोजना गर्ने भएको छ ।
प्रत्येक पालिका स्तरीय भेलाबाट पार्टीको संगठन विस्तार गरिने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
अनुसार पूर्वीचौकी गाउँपालिकामा मंसिर ८ गते, दिपायल सिलगढी नगरपालिकामा ९ गते, के.आई.सिंह गाउँपालिकामा १० गते, शिखर नगरपालिकामा ११ गते, जोरायल गाउँपालिकामा १२ गते भेला आयोजना हुँदैछ ।
त्यस्तै बडिकेदार गाउँपालिकामा १३ गते, बोगटान फुड्सिल गाउँपालिकामा १५ गते, सायल गाउँपालिकामा १८ गते र आदर्श गाउँपालिकामा १९ गते भेला आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीका उपाध्यक्ष महेन्द्र थापाले जानकारी दिए ।
बुधबार पुर्वीचौकीमा आयोजना हुने भेलालाई नेकपा (एस) का डोटी इन्चार्ज हर्क बहादुर सिंह, सह–इन्चार्ज एवं सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सङ्गै विभिन्न केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरूले सम्बोधन गर्ने नेकपा (एस) डोटीका सचिवालय सदस्य एवं जोरायल गाउँपालिका इन्चार्ज अमृत ओली ‘धनुष’ले जानकारी दिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी