२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा कार्यकर्ताहरुले गुट अनुसार प्रतिस्पर्धा गरेका छन् । नेपाली काँगे्रसका नेता रमेश लेखक र एनपी सावद पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिए पनि कञ्चनपुरमा दुबै बिच गुट उपगुटका बिच चुनाव सम्पन्न भएको छ ।
पछिल्लो समय नेपाली काँग्रेसमा आन्तरिक चुनावमा पनि गुट उपगुटको परिपाटी चलेपछि यसको अब आउने चुनावमा आफैलाई घात गर्ने किसिमको असर पर्न सक्ने राजनीतिक बिश्लेषकहरुको तर्क छ ।
नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने कयौँ नेता महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । पराजित हुनेमा बहालवाला सांसददेखि भ्रातृ संगठनका पदाधिकारीहरु समेत छन् ।
अहिलेसम्म कांग्रेसले विभिन्न जिल्लाहरुमा चार तहका कार्यसमितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका केही जिल्लाहरुमा भने पाँच तहका कार्यसमितिका लागि अधिवेशन सकिइसकेको छ । वडा, पालिका, प्रदेश सभा कार्यसमिति र प्रतिनिधि सभा कार्यसमितिको निर्वाचन सकिइसकेको छ ।
गुट उपगुटका काराणले अनुभवी पाका तथा लामो समय पार्टीमा बिताएका कञ्चनपुरमा भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशिला सिंह क्षेत्रीय सचिवमा पराजित भइन् भने कञ्चनपुरकै जिल्ला सभापति हरिप्रसाद बोहरा र संविधानसभा सदस्य बलदेव बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भए
यस्तै, गुटगत राजनीतिको सिकार भएका छन् जिल्ला कार्यसमितिका पूर्वसचिव भोजराज बोहरा पनि भएका छन् । उनी दुवै गुटमा थिएनन् । त्यसैले पार्टीभित्र मात्र नभएर पार्टी बाहिर पनि नेता बोहोरा गुटगत राजनीतिबाट पाखा लाग्न बाध्य भएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा नेताहरु रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । २ मा लेखक प्यानलबाट उम्मेदवारी दिएका सबै पराजित भए भने ३ मा साउद प्यानलका उम्मेदवारले हार बेहोरे । केन्द्रमा साउद र लेखक शेरबहादुर देउवाका प्रिय पात्र भए पनि जिल्लामा दुवैले आ–आफ्नै उपगुट चलाइरहेका छन् । गुटभित्रैका नेताहरुको प्रतिस्पर्धाले काँग्रेस नेतृत्वलाई सास्ती हुने अनुमान गरिएको छ ।
अहिले आफु भित्रै पनि भएको यो गुट उपगुटले गर्दा आफनै घर त्रि पनि प्रतिष्पर्धा गर्नुपर्ने देखियो यसले अबआउने स्थानिय चुनावमा पनि प्रत्यक्ष असर गर्ने आफनो नाम नभन्ने सर्तमा एक जना नेताले बताए ।
“परिणाम पक्कै पनि नराम्रो हुनेछ अहिले देखी नै गुट बनाउने परिवेशको थानी भएको छ ।”उनले भने, “पछि पनि गएर नव आगन्तुक युवाहरुले त्यही सिक्ने छन् अनि आफनो पालो समयममा पक्कै पनि गुटलाई नै आधार मानेर भित्रभित्रै आफु आफुमा लडने हराउने प्रवत्ती बढने छ ।”
नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी