२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने भन्दै नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।
पार्टी सभापति नरनारायण शाहले प्रदेश अधिवेशनमा सहभागि हुन नौँ वटै जिल्लाबाट प्रतिनिधी आउने र उनीहरुको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी कैलाली काँग्रेसलाई दिइएकाले प्रदेश अधिवेशनको व्यवस्थापनकै लागि जिल्ला अधिवेशन केही समयका लागि स्थगित गरिएको बताए ।
पार्टी सभापति शाहले जिल्ला अधिवेशन प्रदेश वा केन्द्रीय अधिवेशनपछि गर्नेबारे पार्टी भित्र छलफल भइरहेको बताए । सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते गर्ने तयारी छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी