२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । दार्चुलाबाट भारतको बजार धार्चुला जान परिचयपत्र अनिवार्य देखाउनु पर्ने भएको छ । नेपाल–भारत जोड्ने दार्चुला खलंगाको सीमा पुलमा भारतीय बजार धार्चुला जान नेपालीले परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्र मध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ उनले भने, । हरेक दिन मजदुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी