२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले फोटो सहितको मतदाता नामावली दर्ताको कार्यक्रम गर्ने भएको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै जिल्लाका ७ वटा पालिकामा फोटो सहितको मतदाता नामावली दर्ताको काम गरिने भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदय राज जोशीका अनुसार मंसिर १७ गते देखी पौष २ गते सम्म कृष्णपुर , वेदकोट, बेलौरी र दोधाराचाँदनीमा पहिलो चरणमा मतदाता नामावली संकलन गरिने र दोस्रो चरणमा पौष ४ गते देखी पौष १८ गते सम्म शुक्लाफाँटा, बेलडाँडी र लालझाडीमा कार्यक्रम संचालन हुने बताएका छन् ।
भीमदत्त नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र पुनर्वासमा ईलाका प्रशासन कार्यालयमा नियमितरुपमा मतदाता नामावली संकलनको काम भईरहेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी