२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४२ क्विन्टल अवैध चिनी बरामद गरेको छ ।
बिहिवार भीमदत्त नगरपालिका–१ भाँसीबाट भन्सार छली ल्याएइको दुई लाख त्रिहत्तर हजार बराबरको अवैध चिनी बरामद गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी चिनी ल्याउने कार्यमा संलग्न भीमदत्त नगरपालिका–१८ का व्यवसायी बिक्की गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद चिनी र आरोपी व्यवसायलाई थप कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी