२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर
सुदूरपश्चिम प्रदेश कार्यसमितिको अधिवेशनमा कञ्चनपुरका नेता तथा महाधिवेशन प्रतिनिधि चिन्तामणि भट्टले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । बैतडी र कञ्चनपुरको पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील भट्टले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् । भट्ट कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । पार्टीका नेता–कार्यकर्तासँगको छलफलपछि प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने निष्कर्षमा पुगिएको नेता भट्टले जानकारी दिए । हालै भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत भट्ट कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट लोकप्रिय मतका साथ विजयी भएका थिए । भट्टले राजनीतिक यात्रा बैतडीको सनातन धर्म माविमा नेविसंघ इकाई अध्यक्ष भएर सुरु गरेका हुन् । उनी २०४२ सालमा नेपाली कांग्रेसद्वारा गरिएको सत्याग्रहमा नेविसंघ बैतडीको तर्फबाट सहभागी भएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी