२०८१ मंसिर ११, मंगलबार
महेन्द्नगर । दार्चुलामा रहेको गोकुलेश्वर विमानश्थलले निर्माणको काम थालनी गरेको छ । विगत २८ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणको काम भइरहेको हो ।
के.एस. कन्सट्रक्सन प्रा.ली. धनगढीले विमानस्थल निर्माणको काम थालेको हो । अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) को काम भइरहेको छ । एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी तीन करोड ५८ लाख बजेटमा सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले बताए ।
विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् ।
२०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसीर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । जिल्लामा हवाइ सेवा नहुदा समयमै अस्पताल पुग्न नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी