२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ बुधवार ३४औँ विश्व एड्स दिवस मनाईएको छ । तर, पिडितहरुले सरकार र स्थानिय तहले आफुहरुलाई शौतेलो व्यवहार गरेको दुखेशो पोखेका छन् । कञ्चनपुरको जिल्ला स्वास्थ्य कार्यालयको हलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा आएका संक्रमितहरुले स्थानिय तहले आफुहरुलाई सेवा सुविधाबाट बञ्चित गरेको आरोप लगाएका छन् ।
जिल्लामा रहेका ९ वटा पालिका मध्ये अधिकांश पालिकाहरुले एचआईभी पिडितहरुको लागि पनि बजेट दिनु पय्रो भन्दा आफनो कुरा सुनुवाई नगरेको दुखेशो पोखेका छन् । आफुहरुलाई रकम भन्दा पनि दिगोरुपमा शिप सिकाई आयआर्जनमा टेवा पुग्ने खालका योजना तालिमको आवश्यक्ता रहेको पिडितहरुले बताएका छन् । “अहिले पनि समुदायमा विभेद त कायमै छ हामी एचआईभी पिडितहरुलाई, तर सरकारले पनि विभेद गर्दा मन खिन्न भएर आउछ” एक सहभागी पिडितले भनिन् । “नगरपालिकामा जान्छौ आफनो समस्या आफनो योजना भन्छौ तर सुनवाई हुदैन् ।” उनले भनिन् । “हामीहरु धेरै वर्ष बाच्न सक्दैनौ थाहा छ, तर जती वर्ष बाँचेपनि केही शिपसिकेर आफनो परिवारको पेट पाल्न सकौँ त्यही हो ।” हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ । दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पु¥याउने, उपचारदर पनि ९५ प्रतिशत नै पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको उनले बताए । कञ्चनपुरको अवस्था जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी फोकल व्यक्ती कपिलदेव जोशीका अनुसार संक्रमितको संख्या ६ सय ३ रहेको छ भने, एआरटी उपचार गराई रहेका ३ सय ५८ जना रहेको बताए । हाल सम्म १ सय ४८ जनाको मृत्यु भएको छ भने, उपचारबाट हराकाको संख्या ५४ जना रहेको छ । कञ्चनपुरमा आ.व ७७÷७८ मा ४३ जनामा नयाँ संक्रमित पत्ता लागेको थियो भने, ९१ जना अन्य जिल्लाबाट सेव लिईरहेको र ११ जनाको मृत्यु भएको छ । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, महाकाली प्रदेशिक अस्पताल, भीमदत्त नगरपालिका, सहयात्रा नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ, नवआशा,नेपाल रेडक्रस लगायतका संघ संस्थहरुको सहभागिता र सहयोग रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी