२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
भारतसंग खुला सिमानाका कारण कोरोनाको जोखिमसंग जुझदै आएको कञ्चनपुरमा कोरोना विरुद्धको खोप कभरेज बढ्दै गएको छ । कञ्चनपुरमा हालसम्म एक लाख २७ हजार ८५६ अर्थात ३६।२२ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइ सकेका छन् । ३ लाख ५२ हजार ९ सय ६२ जनालाई खोप लगाउने लक्ष्य राखिएको यो जिल्लामा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या भने एक लाख २७ हजार ४८० ९३६।१२ प्रतिशत० रहेको छ । प्रदेशमा हालसम्म ३७।५६ अर्थात सात लाख ३१ हजार ७ सय ९० जनाले पूर्ण खोपको मात्रा लगाइसकेका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको सङ्ख्या सात लाख ८७ हजार ३ सय ४२ अर्थात ४०।४१ प्रतिशत रहेको छ अहिले प्रदेशमा कोरोना विरुद्धको खोपको पहुँच बढ्दै गएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी