२०८१ मंसिर ११, मंगलबार
सुदूरपश्चिम:
वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ग¥यो । सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीत दिलाएका हुन् । तेइस रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै जीत हासिल गरे । वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे । प्रदेश १ का अभिनय राजवंशीले दुई तथा श्रवण किस्कु र अङ्कित सुवेदीले समान १÷१ विकेट हात पारे । त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको १ प्रदेश २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो । उसका लागि अङ्कित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउँदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे । शेर मल्ल खेलका म्यान अफ द म्याच भए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी