२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर कंचनपुर ,
आज नेपाल सहित विश्वभर बाघ दिवस मनाइँदैछ । सन् २०१० मा रुसबाट विश्व बाघ मञ्चले घोषणा गरेदेखि प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रुपमा मनाउन थालिएको हो । कन्चनपुरमा अवस्थित शुक्लाफाटा राष्ट्रिय निकुन्जमा समेत एक कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस कार्यक्रम मनाइएको छ ।
नेपालमा बाघ पाइने राष्ट्रिय निकुन्जहरुमा शुक्लाफाटा राष्ट्रिय निकुन्ज पनि एक हो । नेपालमा सरकारले सन् २०२२ अर्थात् आगामी वर्षभित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ ।
सन् २०१० मा रहेको बाघको संख्या १२१ लाई वृद्धि गरेर २५० पुर्याउने लक्ष्यअनुसार संरक्षणका कार्यक्रम सञ्चालनमा छन् । सुदूरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको हिसाबले पनि महत्वपूर्ण मानिन्छ । कञ्चनपुर जिल्लामा अव्यस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी