२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
राईटस्टेप एजुकेशन एकेडेमीले कम्प्युटर साक्षरता अभियान अन्तर्गत पिडिआईसिए एक बर्षे तालिमको प्रमाण पत्र वितरण तथा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार राईट स्टेप एजुकेशनका सुदूरपश्चिम संयोजक दिपेन्द्र शर्मा पौडेलको सभापतित्व एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुरुवाती वर्षमा भर्नाभई राईटस्टेपले लिएको परिक्षामा उत्कृष्ठ अंक प्राप्त गरी सफल भएका ३० जना विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । २०७५÷०७६ मा कञ्चनपुर जिल्लामा पिडिआईसिए एक बर्षे कोर्षका लागि २ सय ६० जना विद्यार्थी भर्ना भएकोमा १ सय ७० जना सफल भएको राईट स्टेपका सुदूरपश्चिम संयोजक दिपेन्द्र शर्मा पौडेलले बताए । तिनिहरुमध्ये २७ जना विद्यार्थीहरुले सरकारी कार्यालयमा करारमा नाम निकालेर कार्यरत रहेको संयोजक पौडेलले बताए । कार्यक्रममा स्वरोजगार एवं उद्यमी बनेका १२ जना विद्यार्थीलाई पनि सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई टिका लगाएर स्वागत गरिएको थियो । कञ्चनपुर जिल्लामा मात्रै राईट स्टेपले यस आर्थिक बर्ष २०७८÷०७९ लागि ३ सय ५० जना विद्यार्थीको भर्ना लिएको छ । राईटस्टेपले लिएको प्रबेश परिक्षामा एक हजार २ सय ५० जना विद्यार्थी सहभागि भएका थिए । कञ्चनपुर जिल्लामा स्मार्ट टेक्नीकल ईन्स्युच्युड, युनाईटेड कम्प्युटर सेन्टर र माईक्रोसफ्ट कम्प्युटर सेन्टरको सहकार्यमा २०७५ सालदेखि कम्प्युटर सम्बन्धीका पाच वटा कोर्षहरु पढाई हुदै आएका छन । कार्यक्रमका सुदूरपश्चिम विश्वविद्यालयका कम्प्युटर विभाग प्रमुख कर्णदेव भट्ट, पूर्णामाविका प्रधानाध्यापक धनीदत्त पन्त, माईक्रोसफ्ट कम्प्युटर सेन्टरका व्यवस्थापक टेकराज पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थी, शिक्षक, पुर्व विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको विचविचमा नृत्य कार्यक्रम पनि राखिएको भने कार्यक्रम संञ्चालन स्मार्ट टेक्नीकलका व्यवस्थापक सुरज विष्टले गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी