२०८१ मंसिर ९, आईतबार
काठमाडौं । छिमेकी राष्ट्र भारतमा पनि कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’का संक्रमित फेला परेका छन् । विहीबार ९आज० भारतको स्वास्थ्य मन्त्रालयले कर्नाटकमा दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो ।
मन्त्रालयका अनुसार ६६ र ४६ वर्षीय दुई जना पुरुषमा कोरोनाको ओमिक्रोन भेरियन्ट फेला परेको हो । उनीहरुको कन्ट्याक ट्रेसिङको कामसमेत भएको र अन्यको स्वास्थ्य परीक्षण गरिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको गृह मन्त्रालयका सचिव लव अग्रवालले जेनोम सिक्वेन्सिङ पत्ता लगाइएको जनाएका छन् । उनले ओमिक्रोन संक्रमित दुवै जनामा गम्भीर लक्षण भने नदेखिएको जनाएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वमै सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले पनि ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ । साथै भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन संगठनले चेतावनीसमेत दिइसकेको छ ।
कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतसहित २९ वटा देशमा फैलिसकेको छ, भने हालसम्म ३ सय ७३ जना संक्रमित भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी