२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) दोधाराचाँदनी नगर कमिटीको पहिलो पूूर्ण बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न वडका इन्चार्ज र सहइन्चार्ज तोक्नुका साथै फाँटहरुका इन्चार्ज तथा विभागहरुको गठन पनि गरेको छ । बैठकले २१ सदस्यीय सचिवालय पनि गरेको छ ।
नगर कमिटी अध्यक्ष नन्दलाल सुनारको अध्यक्षता र प्रदेश कमिटी सदस्य खेम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अध्यक्ष नन्दलाल सुनार, उपाध्यक्षद्वय सुकदेव धामी र खेमकुमारी बुढाथोकी, सचिव महानन्द भट्ट, उपसचिवत्रय डम्बर पन्त, मानबहादुर सुनार र नरबहादुर सुनारसहितको सचिवालय गठन गरेको हो ।
सचिवालयका अन्य सदस्यहरुमा जनकराज भट्ट, नरेन्द्र चन्द, धनवीर आग्री, लक्ष्मण धनाडी, चन्द्र लुहार, बले कामी, प्रेमबहादुर सुनार, तारा धानुक, शेरबहादुर सुनार, धनबहादुर सुनार, जमुनादेवी जोशी, कलावती जोशी, कमला साउँद र सपना सुनार रहेका छन् ।
बैठकले वडा नं. १ को इन्चार्जमा नरेन्द्र चन्द, सहइन्चार्जमा धनमती सुनार र कर सुनार, वडा नं. २ को इन्चार्जमा लक्ष्मण धनाडी तथा सहइन्चार्जमा शंकरदत्त भट्ट, वडा नं. ४ को इन्चार्जमा सुकदेव धामी र सहइन्चार्जमा जमुनादेवी जोशी, वडा नं ५ र ६ को इन्चर्जमा नन्दलाल सुनार, वडा नं. ७ को इन्चार्जमा उपसचिव मानबहादुर सुनार तथा सहइन्चार्जमा सदस्य मानबहादुर सुनार, वडा नं. ८ को इन्चार्जमा शेरबहादुर सुनार, वडा नं. ९ को इन्चार्जमा धनबहादुर सुनार तथा वडा नं. १० को इन्चार्जमा बीरबहादुर सुनारलाई तोकेको छ । त्यसै गरी बैठकले विभागहरुको समेत गठन गरेको छ । सचिव महानन्द भट्ट प्रमुख रहेको संगठन विभाग र उपसचिव मानबहादुर सुनार प्रमुख रहेको आर्थिक विभाग गठन गरिएको छ ।
बैठकले चन्द्र लुहारलाई मजदुर फाँट, जनकराज भट्टलाई युवा तथा विद्यार्थी फाँट, बले कामीलाई किसान फाँट र कमला साउँदलाई महिला फाँट इन्चार्ज तोकेको छ ।
बैठकले प्रदेश कमिटी सदस्य धर्मराज जोशी, सल्लाहकार यमबहादुर थापामगर, जिल्ला कमिटी सदस्यद्वय तर्कराज भट्ट र रामदत्त भट्टलाई पार्टी काम परिचालन तथा अनुमगनका लागि विभाग तथा फाँट तोकेर आग्रहसमेत गरेको छ ।
बैठकले नगरको मध्यभाग हेल्थपोष्टमा कार्यालय स्थापना गर्ने, सदस्यता वितरणका साथ वडा कमिटी गठनको अभियान स१चालन गर्ने र जनसरोकारका विभिन्न चार स्थानीय मुद्दामा दुई महिनाभित्र नागरिक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी