२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरमा शुक्रवार १० जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा ७ जना र ऐन्टिजिनमा ३ जना गरि १० जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् । शुक्रवार भीमदत्तमा ६ जना वेदकोट नगरपालिकामा १ बेलौरीमा २ जनामा पोजेटिभ देखिएको छ । यस्तै गडडाचौकीमा परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ८ सय ९ सय ९४ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २९ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी