२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरमा बृहत खेलकुदको आयोजना हुने भएको छ । ईलाईट ईभेन्ट म्यानेजमेन्ट नामक संस्थाले कञ्चनपुरका निजी तथा सरकारी बिधालयका विधार्थीहरुको सहभागितामा पौष देखी बिभिन्न ११ वटा खेलकुदको आयोजना गर्ने भएको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा रहेका बिभिन्न विधालयका कक्षा १० देखी मुनीका छात्रछात्राहरुले ११ वटा खेलकुदमा सहभागी जनाउन सकिने संस्थाका प्रमुख मुकेश खडायतले जानकारी दिएका छन् । पौष १ गते देखी ४ गते सम्म कबर्डहलमा संचालन हुने खेलमा फुटबल, भलिबल, ब्याटमिन्टन, क्वुईज, चेश, लंग जम्प, हाई जम्प,स्लो साईकल रेस, ८ सय रिले दौड, ४ सय मिटर दौड, र १ सय मिटर दौडको आयोजना हुने उनले बताए । नकआउट सिस्टममा खेलाईने खेलमा १७ हजार ईन्ट्री फिस राखेको खेलमा ५० पिस जर्सि बिना शुल्क आयोजकले प्रदान गर्ने भएको छ । साथै,प्रथम हुने बिधालयलाई ४० हजार ट्रफी, मेडल प्रमाणपत्र, दोस्रो हुने बिधालयलाई ३० हजार ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रमुख मुकेश खडायतले जानकारी दिएका छन् । विधालयले आफनो टिमलाई मंसिर २० गते सम्म दर्ता गर्न सकिने भएको छ । कञ्चनपुरमा पहिलो पटक यस्तो खेलकुदको आयोजना गरिने र निकट भविश्यमा अन्य जिल्लामा पनि यि खेलकुदहरुलाई विस्तार गरिने आयोजकले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी