२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
नेकपा (एकीकृत समाजवादी) ले बैतडीमा संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटि गठन गर्ने अभियान अन्र्तगत हालसम्म पाँच स्थानीय तहमा कमिटि गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का बैतडी अध्यक्ष महादेव भट्टले जानकारी दिए । हालसम्म दोगडाकेदार,सुर्नया गाउँपालिका, दशरथचन्द , मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटि गठन गरिसकिएको जनाएको छ । दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भिम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटि गठन गरिएको हो । एमालेसंग विभाजन भएपछि सो पार्टीले संगठन बिस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटि गठन गरिने जनाइएको छ । मंसिरमा सबै पालिकामा संगठन बिस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडी बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए । एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटि पनि एकीकृत समाजवादीमा समाहित भएको थियो । महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटि समाजवादीमा समाहित भएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी