२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । बाजुरामा अटो दुर्घटनाका फरार रहेका अटो रिक्सा चालक हेमराज पाध्याय पक्राय परेका छन् । आईतवार सदरमुकाम मार्तडी देखि थुवाकाँध जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने, दुर्घटनामा परी दुई जना घाइते भएका थिए ।
फरार रहेका चालकलाई बडीमालिका नगरपालिका २ सल्लेनाको सल्लाघारीमा लुकीछिपी रहेको अवस्थामा आईतवार राती ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक धनदेव सावदले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परी बुढीगंगा नगरपालिका–१ अम्कोटमा ६० वर्षीय खगेन्द्र पाध्याया र सोही ठाउँका ५५ वर्षीय प्रकाश नेपालीको मृत्यु भएको थियो ।
अटो तिव्रगतीमा भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई रहेको छ । थुवाकाँधबाट करिव दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको बताए ।
घाइते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर १ का धनबहादुर खत्री रहेका छन् । घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक साउँदले बताएका छन् । अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी