२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिवार बेलुकी ४ बजे महाकाली अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका २ का ७५ बर्षीय पुरुषको मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालका कोभिड सम्पर्क व्यक्ती डा.गोविन्द रोकायले जानकार दिएका छन् ।
एक हप्ता अगाडी प्रस्वासमा समस्या देखिएपछि उनलाई अक्सिजन दिएर उपचार भई रहेको र थप उपचारको लागि भेन्टिलेटरमा राखेर उपचार गराई रहेको भएपनि शनिवार बेलुकी उनको मृत्यु भएको उनले बताए ।
यो सहित कञ्चनपुरमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ जस्मा महिला ६६ र पुरुष १ सय ६८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी