२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कैलालीले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा आरोपित १२ जनालाई सार्वजनिक गरेको छ । ति मध्ये अझै हत्यामा संलग्न ९ जना फरार अवस्थामा रहेको प्रहरीले जानकारी दिइएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीले २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरेको छ । कात्तिक २३ गते मंगलबार राति भएको बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
हत्यामा संलग्न लम्की चुहा नगरपालिकाका नविन रावल, दीपेन्द्र शाही भनिने धिरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, टीकापुरका प्रविन रिमाल, बर्दिया घर भइ टीकापुर बस्ने रोहित आले, सोहन शाह, बर्दगोरियाका लोकेन्द्र कुँवर, बर्दियाका सविनजंग शाही, चिरन्जीवी शाही हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मकैदको सजाय माग गरी अदलतमा मुद्धा दर्ता गरेको कैलालीका प्रहरीका प्रवक्त प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले बताए । उनका अनुसार ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय मागदाबी गरिएको छ ।
यस्तै प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७(१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको उनले बताए ।
हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरे सरह दफा ३६ को (१) र (२) कसुरमा जन्मकैदको सजाय माग गरिएको छ ।
कैलाली प्रहरीका अनुसार महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही गरी १२ जना पक्राउ परेका छन् ।
यस्तै नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही गरी ९ जना हालसम्म फरार छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी