२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रमा पर्यटक आगमनमा कमी देखीएको छ । पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन् । जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरु बताउँछन् । चालू आवको हालसम्ममा ३ जना मात्र पर्यटक भित्रिएको अपिनाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत सन्त बहादुर मगरले बताए । बाह्य पर्यटक अपि हिमाल आरोहण तथा अवलोकनका लागि तथा संरक्षण भित्रका वन्यजन्तु हेर्न आउने गरेका छन् । यस यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए । हाल सम्म २ जना जर्मन,१ जना नेदरल्याण्डका गरी ३ जनामात्रै पर्यटक आएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी