२०८१ मंसिर ८, शनिबार
दोधारा । दोधारा चादनी नगरपालिकामा छाडा चौपायाले लगाएको गहुवाली रातीको समयमा खान थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । खेतमा लगाएको गहु“बाली र तरकारी वाली छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि स्थानिय किसान चिन्तित भएका हुन् । ऋण कर्जा गरेर लगाएका खेती छाडा चौपायलेले खाइदिएन थालेपछि आफूहरुको लगानी खेर जाने भएको किसानहरुको भनाई रहेको छ् । अहिले छाडा पशु चौपायाले गहुबाली नष्ट गनै थालेपछि कसरी जहान परिवार पाल्ने भन्ने पिडा उनिहरुमा छन् । दोधारा चादनी नगरपालिकामा छाडा चौपायालाई नगरपालिका कार्यालयले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको स्थानिय किसानहरुको आरोप रहेको छ् । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागी लाखौं रकम खर्च गरे भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको किसानहरुको आरोप छ् । बढी जसो रातीको समयमा छाडा चौपायाहरुले गहु“वाली खान थालेपछि स्थानीयले हैरानी ब्यहोर्नु परेको हो । हुल बा“धेर छाडा चौपाया खेतमा पसेपछि एकै रातमा गहु तथा तरकारी खेती नष्ट गर्दै आएको स्थानियबासी लक्ष्मी रानाले बताएका छन् । रातीको समयमा खेती जोगाउन रातभरी जाग्रम बस्नु पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ् । ‘छाडा चौपायाबाट खेती जोगाउनै गाहे भएको छ्’ लक्ष्मी रानाले भने । हुनेखानेहरुले खेतमा का“डेतार लगाएका छ भने गरिबहरु रातीभरी टर्च लाईटले रातीको समयमा नसुतेरै खेती जोगाउन छाडा चौपाया धपाउने गरेका छन् । छाडा चौपायले किसानहरुको लागी निकै पिडा थपिदिएको स्थानिय खेम बहादुर थापा बताउछन् । ‘गहुखेतमा रातभरी हुलको हुल छाडा चौपाया आएर वालीनाली नष्ट गर्न थालेपछि निकै समस्या परेको छ’ खेम बहादुर थापाले भने– ‘छाडा चौपायाले लगाएको सबै गहुखेती सखाप बनाईदिन थाल्यो । समय, परिश्रम र आर्थिक लगानी ‘बालुवामा पानी’ झै भयो’ । दोधारा चा“दनी नगरपालिकाका सबै वडा तथा टोलमा यो समस्याले किसानहरुलाई पिडा दिएको छ् । छाडा चौपायाको कारण स्थानिय किसानहरु रातभरी जाग्रम बस्नु पर्ने बाध्यता रहेको छ् । छाडा चौपायाले खेती क्षति नगरोस् भनेर पहिले रातभरी खेतमा टर्च लाईट बालिन्थ्यो । तर, टर्च लाईटको उपाय पनि क्रमशः काम नलागे पछि दोधारा चा“दनी नगरपालिकाका किसानहरु खेती जोगाउन रातभर खेतमै बिताउछन् । आलु, बर्सीम लगाएत गहु“वालीमा बढी क्षति गर्ने गरेको छाडा चौपायालाई नियन्त्रण गर्ने तर्फ स्थानीय सरकार, सरोकारवालामा कुनै चासो नदेखाएको किसानहरुको गुनासो रहेको छ । छाडा चौपाया नियन्त्रणका लागि दोधारा चा“दनीका किसानहरुले स्थानिय सरकार तथा सम्बन्धित निकायबाट मा“ग समेत गर्दै आएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी