२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा नेपाल सरकारले अनुदानमा वितरण गर्दै आएको रसायनिक मल सहज आपुर्ती हुन नसक्नुमा कृषी सामग्री संस्थान लिमिटेड र साल्ट ट्रेडिङको हात रहेको भीमदत्त नगर सहकारी सञ्जालले आरोप लगाएको छ ।
आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै भीमदत्त नगर सहकारी सञ्जालले कृषी सामग्री संस्थान र साल्ट ट्रेडिङ समयमै मलखाद आपूर्ति गर्नमासमस्या उत्पन्न गर्दै आएको जानकारी गराएको हो ।
कञ्चनपुरमा अहिले समग्र ५६ हजार ६ सय २ हेक्टर जमिनमा ३३ सय मेट्रिक टन डिएपी तथा ४ हजार २ सय मेट्रिक टन युरिया आवस्यक रहेको भएपनि हालुम्म डिएपी ३ सय र युरिया १ हजार २ सय मेट्रिक टन वितरण गरिएको र सबै मलहरु कैलालीमा मात्रै वितरण गरिने गरिएको सहकारी सञ्जाल भीमदत्त नगरका अध्यक्ष ईश्वरी प्रशाद खरेलले बताए ।
कञ्चनपुरमा अहिले मल आपूर्ती हुन नस्कदा किसानहरुले ८ सयमा पाईने मल दोब्बर रकम खर्च गरेर खरिद गरिरहेको र किसानहरुलाई नै मार परेका उनले बताए ।
अहिले पनि भारतबाट मलखाद भैरवाह हुँदै नेपाल आउने र नेपालबा बिभिन्न जिल्लामा मल ढुवानी हुनुपर्ने भएपनि कञ्चनपुरको मलहरु न्जिकैका जिल्लामा मात्रै जाने गरेको र कञ्चनपुरको मलहरुलाई कफिलवस्तु भैहवाहमा विक्री हुने गरेको उनले बताए ।
प्रदेश सरकारसंग कृषी सामग्री संस्थान लिमिटेड साल्ट ट्रेडिङसंग बारम्बार आग्रह गर्दा पनि समस्याको समाधान नभएको सहकारी सञ्जाल भीमदत्त नगरका अध्यक्ष खरेलले बताए । कञ्चनपुरमा मल वितरणका लागि कृषी सामग्री संस्थानबाट १ सय १४ र साल्ट ट्रेडिङबाट ९७ सहकारीले अधिकृत विक्रेताको अनुमती लिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी