२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । धनगढीमा चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको उग्रतारा ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, उमेश भनिने आलोक चौधरी, विवेक साउद र बाजुराको बुढीगंगा गाउँपालिका–८ का निकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
पक्राउ परेकाहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी