२०८१ मंसिर ८, शनिबार
काठमाण्डौँ:
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेबारी खोसेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय क्यान र कप्तान÷ उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोसेको छ भने उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन) मा सहभागी नगराउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय टोलीको नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दै छ । त्यसका लागि आउँदो मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी