२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले जिल्लामा रहेका बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा पालिकाका जनप्रतिनिधि महिला र सिमान्तकृत समुहका एकल महिलालाई बिउँपुजी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बुधवार र बिहिवार २ पालिकामा १२ लाख बराबरको बिउँपुजी सहयोग रकम हस्तान्तरण गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिरबहादुर नेपालीले जानकारी दिएका छन् ।
वुमनकाईण्डको साझेदारी मा सञ्चालित ’नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता पेभ परियोजना अन्तर्गत कञ्चनपुरको बेलडाडी गाउँपालिकाका ६ जना निर्वाचित महिला लाई जनही ३० हजार र सिमान्तकृत महिला समूहका ७ जना एकल महिलालाई जनही २० हजारका दरले उनीहरुको ब्यवसायिक योजना अनुसार उधम ब्यवसाय गर्नका लागी जम्मा रु. ३ लाख २० हजार चेक मार्फत बिउंपुजी रकम सहयोग स्वरुप बितरण गरियो उनले बताए ।
बुधबार शुक्लाफाँटा नगर पालिकाका १४ जना निर्वाचित महिला जनप्रतिनिधि र २३ जना सिमान्तकृत समुदायका एकल महिलाहरुलार्ई बिउँपुजी सहयोग रकम हस्तान्तरण गरिएको थियो । ३० हजारका दरले ४ लाख २० हजार र २३ जना सिमान्तकृत समुदायका एकल महिलाहरुलाई २० हजारका दरले ४ लाख ६० हजार गरी ८ लाख ८० हजार उद्यम÷ब्यवासाय गर्नका लागि बिउँ पुँजी सहयोग रकम हस्तान्तकरण गरीएको उनले बताए ।
बिउँपुँजी बितरण हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐरले मानव अधिकारको लागि महिला एकल महिला समुह संस्थाले नगर पालिका संग समन्वय गरेर निर्वाचित महिला तथा सिमान्तकृत समुदायका एकल महिलाहरुको आर्थिक, सामाजिक र राजनितिक सशक्तिकरणकालागि गरेको कार्यको प्रशंसा गर्दै यस आर्थिक सहयोगले सिमान्तकृत समुदायका महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।
परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत उपासना राणा ले सिमान्तकृत समुदायका महिलाहरु र निर्वाचित महिलाहरुको शसक्तिकरण गर्दै हरेक क्षेत्रमा महिलाहरुको आवाज र सहभागिता बृद्धि गर्न बिगत तिन बर्ष देखी परियोजना सञ्चालन गरिएको जानकारी दिदै परियोजनामा आवद्ध सिमान्तकृत महिलाहरु लाभान्तित हुदै उनिहरुको जिवनमा सकारात्मक परिवर्तन आईरहेको बताईन् ।
बिगत तिन बर्ष देखी संस्थाले शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका निर्वाचित महिला र सिमान्तकृत समहका एकल महिलाको आर्थिक सामाजिक शसक्तिकरण गर्दै राजनितिक सहभागिता अभिबृद्धि गर्न वुमनकाईण्ड वल्र्डवाईडको आर्थिक सहयोगमा नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना सञ्चालन गरीरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी