२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरको अध्यक्षमा जानकी देवी जोशी चयन भएकी छन् । प्रथम साधारण सभाबाट जोशीलाई चयन गरिएको हो ।
साधारण सभाको भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्दै एकल महिलाको बृद्धि विकासका लागि पहल गर्ने बताएका छन् । साधारण सभाबाट जानकी देवी जोशीको अध्यक्षमा मानव अधिकारको लागि महिला एकवल महिला समुहको नयाँ कार्य समिति चयन गरिएको छ ।
यस्तै, उपाध्यक्षमा जयन्ती पन्त, सचिव रमा कुमार पन्त,सह सचिव मिना फस्र्वान, कोषाध्यक्ष लक्ष्मी चन्द र सदस्यमा देवी नाथ, जानकीदेवी रैकाल, चन्द्रादेवी खडायत र भगवती देवी सिह चयन भएका छन् । अध्यक्ष जानकीदेवी जोशीले एकल महिलाको हक अधिकारका साथै उनीहरुको बृद्धि विकास र आत्मनिर्भका लागि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । सिमान्तकृत समुहका एकल महिलाहरुको शसक्तिकरण गर्दै हरेक क्षेत्रमा महिलाहरुको आवाज र सहभागिता बृद्धि गर्न आफु निरन्तर अनवरत रुपमा सक्रिय भएर लागि पर्ने जिकिर गरिन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी