२०८१ मंसिर ७, शुक्रबार
धनगढी:१५ साउन
यूनाईटेड मिसन टु नेपाल ९यूएमएन०डोटी कलस्टरले सुदूरपश्चिम सरकारलाई १९ लाख बढीको कोभिड सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रदेशको सामाजिक विकास मन्त्रालयलाई १९ लाख ४५ हजार हजार ४ सय ५५ रुपैयाँको कोभिड सामाग्री हस्तान्तरण गरिएको हो । कोरोना सँग जुध्न र रोकथाम गर्न यी सामाग्रीले प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यले आइसिप्याप मेसिन २ थान, चिल्र्डेन मास्क १४ हजार ५ सय थान,एन्टीजेन टेस्ट किट एसडि ब्लोसेन्सर १८ सय पिस, र एन्टीजेन टेस्ट किट स्यूर स्ट्याटस कम्पनीको ७ सय पिस सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई हस्तान्तरण गरेको यूनाईटेड मिसन टु नेपाल डोटी कलस्टरका प्रमुख विशाल बाबु श्रेष्ठले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री खडकाले स्वास्थ्य सामाग्रीले प्रदेश सरकारलाई थप सहयो पुग्ने भन्दै सामाजिक मन्त्री खड्काले यूनाईटेड मिुसन टु नेपाललाई धन्याबाद आभार व्यक्त गरे । यूएमएनले यस अघि पनि कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थालाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ । सन् २००८ देखि स्थानीय सरकारसंगको समन्वय तथा सहकार्य र स्थानीय गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा विभिन्न समुदाय विकासका परियोजनाहरूको साथै विपद् र प्रकोप व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आइरहेको यूएमएले जनाएको छ |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी