२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुर ईशाई समाज कञ्चनपुरले क्रिसमसको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वुधवार ओपेरा होटलमा नजिकिदै गरेको क्रिसमसको उपलक्ष्यमा जिल्लामा रहेको मण्डली चर्चका पास्टर अगुवा युवाहरु, राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपश्थितीमा कार्यक्रम गरिएको कञ्चनपुर ईशाई समाज कञ्चनपुरका अध्यक्ष सन्तोष सुनामले जानकारी दिएका छन् । नव वर्ष २०२२ र क्रिसमसको उपलक्ष्यमा कार्यक्रम गरिएको तथा येशु ख्रिष्टले आज भन्दा २ हजार वर्ष पहिला यो संसारमा मानव चोला लिएर आउनु भयो हामी सबैलाई बचाउन आउनुभएका प्रभुको सम्मान गर्न मनाईने वडादिनको पूर्व सन्ध्यामा सदभाव बनाई राख्न हाम्रो नेपाली समुदायमा एक अर्कामा प्रेम सदभाव काम रहनु पर्ने उदेस्यले कार्यक्रम गरिएको उनले बताए । सबैको आचरणलाई बदल्नको निमित्त परमेश्वरको बाटोमा हिँडने आज्ञाहरुलाई मनन गर्न सबैमा आग्रह गरेका छन् । प्रदेश सरकारले पछिल्लो समयमा क्रिसमसको उपलक्ष्यमा सार्वजनिक विदा दिने गरेकोमा अहिले आएर उक्त विदा कटौती गरेको प्रती आपत्ती जनाएका छन् । कञ्चनपुर ईशाई समाज कञ्चनपुरले पौष १ गते प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटट र आर्थिक मामिला मन्त्री तारालामा तामाङलाई पनि ज्ञापनपत्र बुझाएको र उक्त विषयमा पहल गरिने सल्लाह सुझाव दिएको अध्यक्ष सुनामले बताए । अहिले पनि ईसाईहरुलाई मृत्यु पश्चात गरिने कामको लागि चिहानघाट को पनि अभाव रहेको र सम्बन्धित निकायले यसको पहल गरिदिन उनले आग्रह गरे, कार्यक्रमका प्रमुख अथिती रहेका माननिय आर्थिक मामिला मन्त्री तारालामा तामाङले आफुले जहिले पनि ईशाई समाजको लागि गर्नुपर्ने सहयोग योगदानका लागि सदैव तत्पर रहने र आफुले गर्नुपर्ने सहयोगका लािग र समस्याको रुपमा रहेको चिहानघाट र सावजनिक विदाको लागि आफनो तर्फबाट पहले गर्ने प्रतिबद्धता जाहेर गरे । साथै नजिकिदै गरेको सन २०२२ र क्रिसमसको उपलक्ष्यमा सबै उपश्थितहरुमा शुभकामना प्रदान गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी