२०८१ मंसिर ९, आईतबार
बाजुरा :
बाजुराका जनजातीले एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने घोषणा गरेका छन् । नेकपा एमालेमा आस्थावन भोटे जनजातीहरुले नेकपा एमालेको बिभेदकारी निणर्य गरेको भन्दै पाटीको कुनै पनि गतिबिधिमा संगलग्न नहुने बताएका हुन् । भोटे जनजातीहरुले एक बिज्ञप्ती जारी गर्दै जिल्लामा बसोबास गर्दै आएका जनजातीहरु मध्ये ८० प्रतिशत जनजाती हाल सम्म एमालेको झण्डामुनी गोलबन्द भएको अबस्थामा पार्टीका नेताहरुको हर्कतका कारण जनजाती कोटामा हस्तक्षेपकारी भुमिका निर्बाह गरेकोले पार्टीका कुनै पनि गतिबिधिहरुमा संलग्न नुहने बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीका अनुसार अब उपरान्त पार्टीको कुनै पनि जनबर्गिय संगठन जिल्ला कमिटिमा लगायत मतदानमा समेत सहभागी नुहने उल्लेख गरिएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिबेशनमा बसन्ती गुरुङको नाम महाधिबेशन प्रतिनिधीमा छनौट गरीएको र केही दिनमा गुरुङको नाम हटाएर अर्को ब्यक्तीलाई समाबेश गरी जिल्लाका सम्रग जनजातीमाथि अन्याय गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । भोटे जनजातीहरुले पार्टीको यो हस्तक्षेपकारी स्वइच्छाचारी प्रबिधीका कारण सामाजिक न्याय र बर्गिय राजनितीमा हस्तक्षेप गरेको बिज्ञप्तीमार्फत बिरोध जनाएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी